काठमाडौं महानगरपालिका ‘स्वीस टुरिज्म अवार्ड २०२३’ का लागि छनोट

नमुनापत्र संवाददाता
२ श्रावण २०८०, मंगलवार २०:४८

काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिज्म अवार्ड २०२३’का लागि छनोट भएको छ। यसै वर्षको नोभेम्बर ३ देखि ५ सम्म स्वीजरल्याण्डको लुगानोमा हुने अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिका छनोट भएको हो।

‘यस क्षेत्रका आयामिक पक्षलाई आम जनता बिच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्ठतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ,’ आयोजकले पठाएको पत्रको व्यहोरा उद्धृत गर्दै महानगरले जनाएको छ।

काठमाडौंको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त–अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको आयोजकले जनाएको छ।

यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् ।आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।

अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विषयमा चर्चा गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*