नेकपा एमालेका अध्यक्ष ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणमा

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार ०८:५५

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि नोम्पेन्ह गएका छन

ओलीको सचिवालयका अनुसार मंगलबार राति भ्रमण टोलीसहित अध्यक्ष ओली कम्बोडिया गएका हुन्।

कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेका हुन्। भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन्।

यसैबीच आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका छन्।

पोखरेललाई अध्यक्ष र नेम्वाङलाई संसदीय दलको नेताको कार्यवाहक जिम्मेवारी दिइएको हो।

कम्वोडियाको १२५ सदस्यी संसदका लगि सत्तारुढ कम्वोडियन पिपुल्स पार्टी सहित अन्य साना २ वटा पार्टीले प्रतिस्पर्धा गर्दैछन् । त्यहांको मुख्य विपक्षी पार्टीका नेतालाई २७ वर्षको जेल सजायसहित उनको दललाई हुन सेनले प्रतिवन्ध लगाएका छन् । सन् २०१८मा गराइएको निर्वाचनमा सतप्रतिशत १२५ सिट नै हुन सेनको दल सिपीपीले जितेको घोषणा गरिएको थियो ।
कम्वोडियामा सन् १९८५ देखि प्रधानमन्त्रीका रुपमा हुन सेन लगतार सत्तामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*