कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार ०९:०३

कैलाली । कैलालीमा नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। मंगलबार दिउँसो जिल्लाको लम्कीचुहाँ नगरपालिका वडा नम्बर ६ स्थित रानी जमारा नहरमा डुबेर लम्किचुहा नगरपालिका वडा नम्बर ६ का कक्षा १० मा अध्यनरत १७ वर्षका योगेश चलाउनेको ज्यान गएको हो ।

चलाउने नहरमा बगिरहेको देखेपछि उनको उद्धारमा जोखिम मोलेर नहरमा पानीको ठूलो बहाव भित्र वडा अध्यक्ष लोकेन्द्र कठायत आफै पसेका थिए। तर किशोरलाई बचाउन भने सकेनन् ।

अध्यक्ष कठायत लगायत नेपाल प्रहरी लगायत केही स्थानीय हरु ३ घण्टा सम्म पानि भित्र खोजी गर्दा किशोरको मृत्यु भइसकेपछि अवस्थामा भेटिएको अध्यक्ष कठायतले जानकारी दिए।

नहरमा नुहाउने क्रममा अर्का बालक बगेको देखेपछि उनलाई बचाउन नहरमा पस्दा चलाउने आँफै नहरमा डुबेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ।

सुरुमा बगेका बालकको भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ । साे नहरमा यसअघि पनि लम्कीकै एक विधालयका प्रधानाध्यापकको समेत डुबेर निधन भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*