गठबन्धनप्रति कांग्रेसमा मतभेद, एक अर्कालाई गाली गर्ने गलत काम भइरहेको भन्दै आलोचना

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार १८:४७

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा गठबन्धनको विपक्षमा नेताहरूले धारणा राखेका छन्। सधैँ गठबन्धन गरेर जाँदा पार्टी कमजोर बनेको भन्दै उनीहरूले एक्लै अगाडि बढ्नुपर्नेमा जोड दिए।

जारी बैठकमा बोल्दै केन्द्रीय नेताहरूले कसैलाई सांसद अनि मन्त्री बनाउन मात्रै अन्य दलहरूको समर्थन लिएर निर्वाचनमा जाँदा पार्टीपङती कमजोर बन्दै गएको बताएका थिए।

उपनिर्वाचनमा तनहुँमा निर्वाचन हार्दा पार्टीमा निराशा बढाएको र एकले अर्कालाई गाली गर्ने गर्दै हिँडे गरेको र यसले पार्टीलाई नै कमजोर बनाउने बताएका थिए।

पार्टीमा बढिरहेको गुटले पार्टीलाई नै कमजोर बनाउने अनि पार्टी सभापति अनि पार्टी महामन्त्रीलाई गाली गरेर पार्टी बलियो हुन नसक्ने धारणा राखेका थिए।

नेता कल्याणी रिजाल, रामहरी खतिवडा, नैनसिंह महर, केशर बहादुर बुढाथोकी रुक्मीणि कोइराला लगायतकाले धारणा राखेका थिए। बैठक दिवा खानापछि अहिले पनि जारी छ।बैठकमा ५ मिनेटभित्र केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । नेकाले पहिलो पटक केन्द्रीय समितिको बैठक पार्टीको फेसबुक पेजबाट लाइभ गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*