भद्रकुमारी घलेको सेवा सदनमाथि महानगरको डोजर, सेवाग्राही आक्रोशित

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार १५:४८

काठमाडौं । काठमाडौंको अनामनगरस्थित भद्रकुमारी घलेको सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली अनामनगर पुगेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।

सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।

सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।
यो सेवा सदन भत्काउने निर्णयप्रति स्थानीयहरुले मेयर बालेन शाहविरुद्ध चर्को आक्रोश पोखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*