एफएटीएफको नकारात्मक सूचीमा पर्नबाट नेपाल फेरि जोगियो

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार १९:०४

काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था अअअअ एफएटीएफको नकारात्मक सूची ‘ग्रे लिस्ट’ मा पर्नबाट नेपाल फेरि जोगिएको छरु। तोकिएको समयभित्र आवश्यक सबै क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि शर्तसहित एक वर्षको समय थपिएको होरु। असार अन्तिम साता क्यानडामा भएको एफएटीएफको २३औं वार्षिक साधारणसभाले नेपाललाई सुध्रिन समय दिएको होरु ।

सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा न्यूनतम सुधारका काम हुन नसक्दा नेपाल नकारात्मक सूचीमा पर्ने जोखिम रहेको थियो रु। विशेष गरी नेपालका सहकारी, घरजग्गा र बिमा क्षेत्रका गतिविधिमा अन्तर्राष्ट्रिय निकायले चासो राख्दै आएका छन् ।

एफएटीएफअन्तर्गतको एसिया प्रशान्त समूह एपीजीले नेपाललाई नकारात्मक सूचीमा राख्न गत माघमै प्रतिवेदनमार्फत सुझाव दिएको थियोरु। गत फागुनमा केही ऐन संशोधन गर्न बनेको विधेयक पारित गर्न सरकारले तदारुकता देखाए पनि पारित हुन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*