गाउँ पसेको बाघ, नियन्त्रणमा लिई निकुञ्जमा पुर्याइयो

नमुनापत्र संवाददाता
४ श्रावण २०८०, बिहीबार ०८:२७

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई नियन्त्रणमा लिई निुञ्जकको सुरक्षित क्षेत्रमा छोडिएको छ ।

निकुञ्जबाट बस्तीमा पसेर मानव तथा जनावरमाथि आक्रमण गर्न थालेको बाघलाई निकुञ्ज प्रशासनले आज नियन्त्रणमा लिई नियमित अनुगमन गर्ने गरी निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको हो ।

अन्दाजी पाँच वर्षको सो बाघलाई माडी नगरपालिका–३ रतनी खोला किनारबाट नियन्त्रणमा लिइएको थियो ।

सो बाघले मङ्गलबार बस्तीमा प्रवेश गरी तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो ।

त्यसपश्चात् निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आज बिहान मात्रै बाघ नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*