सिनामंगलमा सुन पसल अगाडि शङ्कास्पद वस्तु राख्ने युवक पक्राउ

नमुनापत्र संवाददाता
३ श्रावण २०८०, बुधबार १९:३१

काठमाडौं । सिनामंगल पुल नजिकैको सुनचाँदी पसलअगाडि ‘नक्कली बम’ राख्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजान्सी पासवान रहेका छन्।

सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो । शंकास्पद वस्तु भेटिएको खबरपश्चात् घटनास्थलमा पुगेको नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै त्यसलाई ‘डिस्पोज’ गरिसकेको छ।उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

पर्चामा लेखिएको थियो, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नूहोस्। तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडिएक्स बारुदको बम राखिएको छ। सावधान रहनूहोला। संयोजक सफल’

शंकास्पद वस्तु डराउने हिसाबले राखिएको हुनसक्ने प्रहरी परिसर, काठमाडौँले जनाएको छ।ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*