विमानस्थलबाट बरामद भएको सुनमा मेरो संलग्नता छैन: दीपक मल्होत्रा

नमुनापत्र संवाददाता
४ श्रावण २०८०, बिहीबार २०:५४

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले भन्सारमा जाँच पास भइसकेको एक क्विन्टल सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्।त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि मल्होत्राले पत्रकार सम्मेलन गर्दै आफ्नो संलग्नता नरहेको बताएका हुन्।विमानस्थलबाट बरामद भएको अवैध सुनमा व्यवसायी मल्होत्राको रहेको भन्दै केही सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेपछि उनले यसबारे स्पष्टिकरण दिएका हुन्।

उनले एकैजनाले अर्बौँ पर्ने एक क्विन्टल सुन ल्याउन नसक्ने दाबी गर्दै तस्करीमा आफ्नो संलग्नता पनि इन्कार गरेका छन्। मल्होत्राले आफ्नो चरित्र हत्या गरिएको बताउँदै कानुनी उपचारको बाटो खोज्ने पनि बताएका छन्।

बुधबार मात्रै हङकङ हुँदै आएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। विभागले सुन बरामदपछि यस प्रकरणमा संलग्न भरिया र ट्याक्सी चालक तथा भन्सार एजेन्टसहित ६ जनालाई पक्राउ गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*