चट्याङमा परी रोल्पामा वडा सदस्यको निधन

नमुनापत्र संवाददाता
५ श्रावण २०८०, शुक्रबार १८:२५

रोल्पा । गए राति परेको चट्याङमा जिल्लामा एक वडा सदस्यको निधन भएको छ ।

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।

चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*