वामदेवको स्पष्टीकरण : म मन्त्री हुँदा सुनकाण्ड भएन, हटेपछि बल्झेको हो

नमुनापत्र संवाददाता
६ श्रावण २०८०, शनिबार २१:०७

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफू गृहमन्त्री हुँदा सुनकाण्ड नभएको स्पष्टीकरण दिएका छन्। शनिबार काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफू मन्त्रीबाट हटेपछि सुनकाण्ड उब्जिएको दाबी गरे।

‘०५४ सालमा वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री हुँदादेखि सुनकाण्ड भयो भन्नुभयो। म मन्त्री हुँदासम्म सुनकाण्ड भएन,’ गौतमले स्पष्टीकरण दिँदै भने, ‘म मन्त्रीबाट हटेपछि उब्जियो।’

बरु आफू सरकारमा हुँदा कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाटै आवाज उठेको उनले बताए।

‘बरु म सरकारमा हुँदा कसरी हटाउने भनेर आफ्नो पार्टीभित्रबाटै र बाहिरबाटै धेरै आवाज उठाइए। अन्तिममा त्यही शक्तिले मलाई सरकारबाट हटाइयो,’ गौतमले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*