चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य काठमाडौंमा
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् ।
दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर तीन दिने नेपाल भ्रमण क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को उच्च स्तरीय टोलीलाई त्रिभुवन बिमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगाएतले स्वागत गरेका थिए ।
युआन चीनको चर्चित, ठूलो र शक्तिशाली सहरहरु मध्येको एक छोङछिङ सहरको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका छन् । युआन छोङछिङ नगर कमिटीमा सीपीसीका सचिव हुन् । नेपालमा रहँदासम्म उनले नेपालका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
युआनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साउन ७ मा भेट्ने कार्यक्रम रहे पनि दाहाल इटाली प्रस्थान गरिसकेकाले अब भेटवार्ता नहुने भएको छ ।





