इटालीमा रहेका प्रधानमन्त्री प्रचण्ड र काठमाडौंमा रहेका चिनियाँ नेता युआन च्या चुनबीच भर्चुअल संवाद

नमुनापत्र संवाददाता
७ श्रावण २०८०, आईतवार २१:२६

काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता युआन च्या च्युनसँग भर्चुअल संवाद गरेका छन् । प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा रहेका बेला चिनियाँ नेता युआन च्या च्युन नेपाल भ्रमणमा छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र च्या च्युनबीच आइतबार भर्चुअल माध्यमबाट संवाद भएको हो । प्रधानमन्त्री प्रचण्ड र नेता च्या चुनबीच दिउँसो ४ बजे संवाद भएको सचिवालयले जनाएको छ । संवादमा दुई देशका आपसी हितका विषयमा छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डसँग चिनिया नेता युआनले प्रधानमन्त्रकिो आसन्न चीन भ्रमाण्का समयमा हुने दुई पक्षीय छलफल र विकास साझेदारीका बारेमा व्रिफिंग गरेका थिए ।

सीपीसीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीनदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुगेका हुन् ।
आजै सांझ चिनिया नेता युआनले नेकपा (माओवादी कन्द्र)का उपाध्यक्ष नारायणकाजी सहित पदाधिकारीहरुसँग डिनर बैठक गरेका छन् ।

चिनिया नेताले नेपालमा रहँदा राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री र प्रमखु राजनीतिक दलका शीर्ष नेताहरुसँग दुई पक्षीय सम्वन्ध र विकास साझेदारीका बारेमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*