सुन तस्करी प्रकरणमा निलम्बित कर्मचारी र भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

नमुनापत्र संवाददाता
७ श्रावण २०८०, आईतवार १९:२९

काठमाडौं । हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ।

राजस्व अनुसन्धान विभागको टोलीले उनीहरुलाई आइतबार हिरासतमा लिएको हो।

निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्।

भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। उनीहरुलाई छानबिनको दायरा बढाउन समातिएको विभागका एक अधिकारीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*