सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार ११:४१

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा जाने भएको हो ।नाउपा स्रोतले प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागेको जनाएको छ ।

पार्टीको संसदीय दलले यसअघि नै सरकारमा उनीहरुलाई पठाउने निर्णय गरेको एक जना प्रदेशसभा सदस्यले बताए ।सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर ज्यान गएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालय भने कांग्रेसले आफूसँगै राख्ने भएको छ । तर कांग्रेसले उक्त मन्त्रालयमा मन्त्रीको रुपमा कसलाई पठाउँछ भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*