च्युन चीन फर्किनुअघि नै नेपालको गरिबी न्यूनीकरणका लागि सहयोग प्राप्त हुने

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार १२:५०

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युआन च्या च्युनले सन् २०१९ मा चिनी राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन गरिने बताएका छन्।

आइतबार कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्कासँगको भेटमा उनले यसपटकको आफ्नो नेपाल भ्रमणको उद्देश्य सीको भ्रमणको अवसरमा निर्णय भएका विभिन्न आयोजना तथा कार्यक्रमहरूको व्यवहारिक कार्यान्वयनलाई सफल बनाउनु रहेको बताए। नेपाल र चीनबीच कृषि, खाद्य सुरक्षा, औद्योगिक विकास, रोजगारी, शहरीकरण, भौतिक पूर्वाधार, व्यापार विस्तार, संस्कृति एवम् पर्यटन विकास, युवाहरूको आदान(प्रदान लगायतका क्षेत्रमा सहकार्यको प्रस्ताव गरे।

उनले चीनले नेपालको गरिबी न्यूनीकरणका लागि थालनी गरेको सहयोगसम्बन्धी कार्यक्रम तत्काल अघि बढ्ने पनि उनले बताए। आफ्नो भ्रमणकै क्रममा उक्त सहयोग कार्यक्रम अघि बढाइने जानकारी च्युनले दिएका थिए।

आइतबार च्युनले रक्षामन्त्री खड्कासँग शिष्टाचार भेट गरेका थिए। भेटमा रक्षामन्त्री खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवम् घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महशुस गरेको बताएका थिए। उनलेचीनले आर्थिक, सामाजिक एवम् प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गर्दै उक्त विकास नेपालका लागि प्रेरणा हुने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*