सामाखुसीमा बाढीमा बेपत्ता भएका बालक अझै फेला परेनन्

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार १२:५४

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय सानो खोल्सीले बगाएको थियो ।महाराजगञ्ज प्रहरीले ती बालक सोमबार बिहान १० बजेसम्म पनि फेला नपरेको र खोजी कार्य जारी रहेको जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, विपद व्यवस्थापनको टोली खोजी कार्यमा खटिएका छन् । काठमाडौंमा आइतबार अत्यधिक वर्षा हुँदा साना खोला(खोल्सीमा बाढी आएको थियो । सामाखुसी, रानीबारी लगायतका क्षेत्रका घरमा बाढी पसेपछि जनजीवन प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*