डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार १९:१४

काठमाडौँ । ३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।

‘हामीले गृहमा पत्र पठाइसकेका छौं। तर गृहबाट बर्खास्त गरिसकेको भन्ने पत्र आइपुगेको छैन’, डीआईजी कडायतले भने।यसअघि केसीविरुद्ध प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो। छानविनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको हो।

गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए। उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो।

समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्षसहित निकालेको थियो। डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले यसअघि निलम्बन गरेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*