रोममा प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार २०:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली(२०२३ सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो।

सम्मेलनमा सम्बोधनपछि प्रचण्डसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे महासचिव गुटर्रेसको भेटवार्ता भएको हो।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*