अवैध मुद्रासहित विमानस्थलबाट एकजना बंगलादेशी नागरिक पक्राउ

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार २०:२५

काठमाडौं । अवैध रूपमा विदेशी मुद्रा लुकाई बाह्य मुलुकतर्फ लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

सोमबार बिहान १० हजार अमेरिकी डलर र ४९ हजार बंगलादेशी टाका सहित प्रहरीले सोमबार बिहान बंगलादेशी नागरिक जहङ्गीर आलोमलाई पक्राउ गरेको हो।

बंगलादेश एयरलाइन्सको उडानबाट बंगलादेश जान लागेका उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।

विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीलले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*