बाजुरामा बाढीले ट्रयाक्टरसहित चालक बगायो

नमुनापत्र संवाददाता
८ श्रावण २०८०, सोमबार १८:०५

काठमाडौं । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् ।

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए। प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ ।

कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*