दाङमा किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

नमुनापत्र संवाददाता
१० श्रावण २०८०, बुधबार १८:१३

दाङ । बिवाह गर्ने प्रलोभन देखाएर करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगपरलिका–१५ गोरक्ष टोलका २० वर्षीय श्रवण खनाल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

एक १७ वर्षीया किशोरीलाई बिवाह गर्ने भन्दै विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरी शारीरिक तथा मानसिक यातनासमेत दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई मंगलबार साझँ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*