सिंचाई पोखरीमा डुबेर एक बालकको मृत्यु

नमुनापत्र संवाददाता
१० श्रावण २०८०, बुधबार १९:१८

रोल्पा । रोल्पाको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ नुवागाउँ निवासी रामपुरका खिम बहादुर बिकका २ बर्षिय छोरा टोप बहादुर बिकको पोखरीमा डुबेर मृत्यु भएको हो ।

बुधबार बिहानको साढे ९ बजेको समयमा आमा निशानि बिकले घरमा खाना पकाउदै गरेको समयमा छोरा टोप बहादुर घर देखी ६० मिटर टाढा खेल्ने क्रममा सिंचाई पोखरीमा डुबेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

पानीमा डुबेका घाइते बालकको स्वास्थ्य चौकी होलेरी रोल्पामा उपचारको क्रममा साढे १० बजे मृत्यु भएका प्रहरीले जनाएको छ । मृतकको बुवा अध्ययनको शिलशिलामा दाङमा बस्दै आएका छन । घटनाको विषयमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*