कोशी सरकार गठनविरुद्धको रिटमा आज आदेश हुनसक्ने

नमुनापत्र संवाददाता
११ श्रावण २०८०, बिहीबार १०:५०

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्चले आज पनि सुनुवाइ गर्ने भएको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ।

रिटमाथि पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूको बहस हिजै सक्किएको छ । बुधवार बहस सकिएपछि आजका लागि पेशी तोकिएको छ। आज बस्ने इजलासले आदेशबारे पनि निर्णय गर्नेछ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरुद्ध एमाले सर्वोच्च पुगेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*