कांग्रेस सांसदले पनि मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले पनि गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन्। सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै एमालेले संसद अवरोध गरिरहेका बेला आफ्नो भनाइ राख्दै
शर्माले संसदमा भने- ‘अब गृहमन्त्री पदमा बस्न योग्य भएनन्। अहिलेका अर्थमन्त्री र गृहमन्त्रीले अनुसन्धानलाई सहयोग गर्न राजीनामा गर्नुपर्छ।’
शर्माले सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महतको पनि राजीनामा मागेका थिए।





