सुन प्रकरण अनुसन्धानमा गृहमन्त्री श्रेष्ठले जवाफ दिनुपर्छ: रास्वपा सभापति छाने

नमुनापत्र संवाददाता
१० श्रावण २०८०, बुधबार १८:०६

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको जवाफ माग गरेको छ । बैठकमा बोल्दै सभापति रवि लामिछानेले निरन्तर चल्दै आएको सेटिङ यसपटक सुन प्रकरणमा पनि भएको बताए ।

उनले भने- ‘अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सम्बन्धित निकायले जवाफ दिनुपर्छ।’

यो विषयमा जरैसम्म पुगेर अनुसन्धान गर्न उनले माग पनि गरेका छन्। यो विषयलाई गिजोल्ने, र कर्मचारीलाई मात्रै सरुवा गरेर अनुसन्धान नहुने उनको तर्क छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*