लघुवित्तपीडितलाई गुनासो टिपाउन राष्ट्र बैंकको आग्रह

नमुनापत्र संवाददाता
११ श्रावण २०८०, बिहीबार १४:३३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका पीडितहरूलाई आफ्नो गुनासो टिपाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत गुनासो दर्ता गर्न सकिनेछ’ राष्ट्र बैंकले भनेको छ ।

पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै आएका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*