चितवनको माडीमा खोलाले बस बगायो

नमुनापत्र संवाददाता
१० श्रावण २०८०, बुधबार २०:२३

चितवन । माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ ।

बगहिबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना४ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई अनियन्त्रित भई पल्टिएको हो ।

बिहान ११ः१० बजे घटना भएको हो । बसमा सवार चालक र सहचालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार खोलामा बस फसेपछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले बगाएको बस घटनास्थलमा नै रहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*