क्यानोनिङ गर्ने क्रममा लडेर १ युवतीको मृत्यु

नमुनापत्र संवाददाता
११ श्रावण २०८०, बिहीबार १६:३५

पाेखरा । छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ ।
बुधबार अपरान्ह माछापुच्छ्रे गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते भएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*