तस्करीको १०० किलो सुन गाल्दा लाइभ गर्ने तयारी

नमुनापत्र संवाददाता
११ श्रावण २०८०, बिहीबार १६:३९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर बरामद गरिएको करिब १०० किलो तस्करीको सुन गाल्दा लाइभ (प्रत्यक्ष प्रसारण) गरिने भएको छ ।

यही साउन २ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुन स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको थियो । ब्रेक शुसहितको सुन करिब १५५ किलो देखिएको छ । सुनमात्रै तौलनका लागि उक्त सुन गाल्न लागिएको हो । सो सुन गालेर ब्रेक शुबाट अलग्याउँदै सुनको परिमाण यकिन गर्दा सर्वसाधारणले समेत प्रत्यक्ष हेर्न पाउनेगरी लाइभ गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले उक्त सुनको परिमाण र शुद्धता यकीन गर्नेछ । सो क्रममा लाइभ गर्नका लागि र आवश्यक सुरक्षाका लागि राजस्व अनुसन्धान विभागले टक्सारसँग छलफल गरिसकेको जनाइएको छ ।

विभागले उक्त सुन तस्करीबारे हाल शंकास्पद १७ जनालाई पक्राउ गरी अनुसन्धान राखेको छ । मुख्य योजनाकारसम्म भने पुग्न सकिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*