प्रचण्ड एमाले कब्जा गर्न आएका थिए, एक पैसो दाखिला नगरी गए :नेकपा एमाले अध्यक्ष ओली

नमुनापत्र संवाददाता
१२ श्रावण २०८०, शुक्रबार २०:४७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग राम्रोसँग एकता गर्नै नपाई सहयात्रा टुंगिएको बताएका छन्।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको १२ औँ बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हु्न्।

उनले माओवादी एकता भनिए पनि कहिल्यै व्यवहारमा नभएको पनि बताए। ‘माओवादीसँग एकता भने पनि हुँदैन भएन। कतिपय संगठन मिलाउनै पाइएन’, उनले भने, ‘हामीले कहिल्यै पनि सँगै भेला गर्न सकिएन। प्रचण्डले आफ्नो कार्यालय जीवितै राखे।’

एकतापछि पनि प्रचण्डले एक पैसो हिसाब किताब पार्टी केन्द्रीय कार्यालयमा नबुझाएको ओलीले बताए। ‘प्रचण्डले आफ्नो रकम कहिल्यै पार्टीमा बुझाएनन्। उनले उल्टै एमालेको रकम खाए पिए। एमालेमा एक पैसो पनि दाखिला गरेनन्’, ओलीले भने, ‘उनले एकतापछि बैंकको हिसाब पनि कहिल्यै देखाएनन्। उनको उद्धेश्य एमाले कब्जा गर्ने मात्रै थियो। त्यसैले उनी खाली आएर एमालेको खाएर गए।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*