कैलालीको लम्कीमा चल्यो डोजर, अवैध संरचना भत्काइँदै
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा डोजर चलेको छ । पालिका क्षेत्रका सार्वजनिक जग्गा तथा नदीनालाहरुमा अतिक्रम बढेपछि मेयर सुशीला शाहीले डोजर लगाएर अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन आदेश दिएशी हुन् ।
नाला अतिक्रमणका कारण लम्की क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको थियो । तर अब भने समस्या समाधान हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

केही दिनअघि मात्र नगरपालिकाले अतिक्रमित क्षेत्रमा रेखांकन गरी अतिक्रमण हटाउन सातदिने सूचना समेत सार्वजनिक गरिको थियो । आजबाट भने लम्की क्षेत्रमा डोजर चलाएर अवैध संरचना भत्काउन थालिएकाे हाे ।





