कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान, पानी जहाज कम्पनीमा कामको अवसर

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार ११:१९

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाका लागि आवेदन फारम भर्न आह्वान गरेको हो ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागिएको शाखाले जनाइएको छ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्ने छन् । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ ।

भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*