नालामा डुबेर बालकको मृत्यु

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार १३:५८

बारा । बाराको निजगढ नगरपालिका शहिदचोक ८मा नालाले बगाएर हिजो साँझ एक बालकको मृत्यु भएको छ ।

सर्लाही जिल्ला मलगंवा नगरपालिका वडा नम्बर २ घर भइ हाल निजगढ नगरपालिका वडा नम्बर ८ को सहिद चोकको सुन पसल संचालन गर्दै आएका रुपेस साहको छोराको मृत्यु भएको हो ।

११ महिनाको छोरा ऋषि साहको पूर्वश्चिम राजमार्गको उत्तरपट्टीको नालाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

घरअगाडि पसल छेउको आँगनमा खेल्दै गरेका ऋषि साँझ ७ बजे अचानक नालामा खसेका थिए ।

केहि समय पछि खोज गर्ने क्रममा करिव ३ सय मिटर पश्चिम प्रभु बैंक अगाडीको नालामा करिब १ घण्टापछि फेला पारिएको थियो ।

अचेत अवस्थामा फेला परेका बालक उपचारको लागि सामुदायिक अस्पताल प्रसुति गृह पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जनपथ प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा बालकको शव खोजी गरिएको हो ।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

अविरल वर्षाका कारण हिजो निजगढका नालाहरुमा पानीको प्रवाह उच्च बनेको थियो ।

नालाको सहि व्यवस्थापन नगरपालिका लगायत सरोकारवालाले नगर्दा सो दुर्घटना घटेको सथानियहरुको भनाई छ ।

निजगढ नगरपालिका वडा नं ७,८ र ९ मा नालाको सहि व्यवस्थापन हुन सकेको छैन ।

नाला बने पनि नाला माथि राखिने स्ल्याप केहि स्थानमा मात्रै राख्दाले यस्ता दुर्घाटना थप हुन सक्ने स्थानियहरुको भनाई छ ।

वर्षाको भेल पानी पसेर निजगढका दर्जनौं घर डुवानमा परेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*