मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार १९:१५

खजुरा । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ ।

राप्ती सोनारी गाउँपालिका–६ स्थित सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान करिब साढे १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा राप्ती सोनारी–६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको उपचारका लागि नेपालगन्ज अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

ठक्कर दिने मोटरसाइकललाई खोज्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकको कमान्डमा प्रहरी परिचालन भएको साथै जिल्ला ट्राफिक प्रहरी पनि खोजतलासमा जुटेको रायमाझीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*