ट्रेजरीमार्फत २१ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार १९:४१

काठमाडौँ । आगामी मंगलबार ट्रेजरी बिलमार्फत केन्द्रीय बैंकले २१ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो ।

यद्यपि, यो नयाँ ट्रेजरी नभएर पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको बैंकले जनाएको छ । मंगलबार अर्थात् साउन १६ गते बिक्री हुने ट्रेजरीको बोलकबोल साउन १५ गते हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गते दिउँसो ३ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले साउन ८ गते ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*