भ्रष्टाचारविरूद्ध जेहाद छेड्यौँ, अझै अरु फाइल खुल्छन् : प्रधानमन्त्री प्रचण्ड

नमुनापत्र संवाददाता
१४ श्रावण २०८०, आईतवार १९:५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले जेहाद छेडिसकेको बताएका छन्।

समाजवादी विद्यार्थी मञ्च घोषणा कार्यक्रमलाई आइतबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हु्न्।

‘जसरी अहिले भ्रष्टाचारविरोधी र बेथितिविरुद्ध सरकारले अभियान चलाएको छ। राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ’, उनले भने, ‘यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ, यो कदम समृद्धिका लागि यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो।’

उनले अहिलेकोअभियान बेपत्ता घाइते र अपांगहरुको सपना साकार गर्ने लडाइँ भने। ‘यो पक्षमा सरकार समाजवादी मोर्चाको समर्थन चाहिएको छ। हेर्दै जानुहोला अरु फाइलहरु खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ’, उनले भने, ‘एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*