चितलको सुकुटीसहित दाङका तीन जना पक्राउ

नमुनापत्र संवाददाता
१५ श्रावण २०८०, सोमबार १०:१०

दाङ । दाङमा चितलको १७ केजी सुकुटीसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले गढवा गाउँपालिका वडा नम्बर ६ का ३० वर्षिय मनोज थापा मगर, सोही ठाउँका ३१ वर्षिय करण केसी र लमही नगरपालिका वडा नम्बर ६ का नुर बहादुर कुमाललाई आईतवार बेलुका साढे पाँच बजेतिर चितलको १७ केजी सुकुटी सहित पक्राउ गरेको हो ।

तीनै जनालाई घोराही-३ कुहिरेपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

लमही देखी घोराही तर्फ आउदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र निज संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सोही बा ९१ प ११०७ नम्बरको मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोला बोकेको अवस्थामा चितलको सुकुटी बरामद गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*