माओवादीले पनि केन्द्रीय समिति बैठक लाइभ गर्ने, देखासिकी कि नयाँ शुरुवात ?

नमुनापत्र संवाददाता
१५ श्रावण २०८०, सोमबार ११:२४

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ । कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिएका हुन् ।

पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक आह्वान गरेको छ । शर्माका अनुसार बैठक पाँच दिनसम्म चलाउने तयारी गरिएको छ ।

यसअघि नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो । बैठक साउन २ गतेदेखि १० गतेसम्म चलेको थियो ।
बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरिएको महासचिव गुरूङले बताए।

बैठक १७ देखि २१ गतेसम्म चल्नेछ। अध्यक्ष प्रचण्डले तयार पारेको प्रतिवेदनलाई १७ गते बिहान बस्ने स्थायी कमिटी बैठकले पारित गरी छलफलका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।

बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन तयार पार्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’लाई जिम्मा दिइएको महासचिव गुरूङले बताए। पछिल्लो पटक दलका बैठकहरु अपारदर्शी भएको भन्ने प्रश्न उठिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

यस्ता बैठक घनिभूत छलफल भन्दा संसदका बैठक जस्तै कर्मकाण्डी बन्न थालेका छन् । तर नेपाली कांग्रेस र माओवादी दुवैले यस्ता बैठक सधैं लाइभ गरेर आयोजना गर्नेछन् कि बजारिया हावाको पछि लागेका हुन् भन्ने निक्र्योल हुन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*