माओवादीको मंसिरमा विधान सम्मेलन, फागुन–चैतमा विशेष महाधिवेशनको प्रस्ताव

नमुनापत्र संवाददाता
१५ श्रावण २०८०, सोमबार १३:२८

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ। सोमबार बिहान बसेको पदाधिकारी बैठकले साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डामा विधान सम्म्ेलन र विशेष महाधिवेशनको प्रसस्तावित एजेण्डा तय गरिएको हो ।

फागुन–चैतमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। पदाधिकारीको प्रस्ताव केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरिने पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए। माओवादीको दशौं महाधिवेशन गत वर्षको पुसमा भएको थियो । उतिबेलै छिटै विशेष महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ। जसअनुसार देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ।

‘जनता, संगठन र सदस्यता वितरणलाई सो तीन महिनाभित्रमा सम्पन्न गरी आगामी मंसिरमा विधान सम्मेलन गरिने प्रस्ताव छ’, सचिव शर्माले भने, ‘हाम्रो पार्टीले विशेष महाधिवेशन पनि गर्ने निर्णय गरेको छ, फागुन–चैततिर हुन्छ, यसलाई पर्सि सुरु हुने केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा जान्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*