सुन प्रकरण छिनाेफानाे नभएसम्म सदन चल्दैन – एमाले अध्यक्ष ओली

नमुनापत्र संवाददाता
१५ श्रावण २०८०, सोमबार १५:४४

काठमाडौ । नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।उनले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ ।

त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राखेका थिए। तर, उनीबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गरे ।’उनले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताए । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*