जो कोहीसँग जतिबेला नि फोटो नखिच्नू – प्रधानमन्त्री प्रचण्ड

नमुनापत्र संवाददाता
१५ श्रावण २०८०, सोमबार १५:५३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले फोटो खिच्दा जो कोहीसँग जुनसुकैबेला फोटो नखिच्न आफ्ना पार्टीका नेताहरूलाई सचेत गराएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेताहरूको फोटोलाई अनुसन्धान नै प्रभावित हुने गरी प्रचार गरिएको बताएका हुन्।

नेता भएपछि जस्ता मान्छेसँग पनि भेट हुने बताउँदै प्रचण्डले भने, ‘भेटौं, फोटो खिचौं भन्ने मान्छेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्‍याउनुहोला।’ बैठकमा अध्यक्ष प्रचण्डले सय किलो सुन बरामदसम्बन्धी प्रकरणलाई जरैसम्म पुगेर छानबिन गर्ने र दोषीलाई उम्किन नदिने बताएका थिए। उपमहासचिव वर्षमान पुनले आरोपीसँगको आफ्नो पुरानो फोटो जोडेर सामाजिक सञ्जालमा चरित्र हत्या गर्न खोजिएको भन्दै छानबिनका लागि समिति बनाउन माग गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*