ओलीको अडानका कारण संवैधानिक परिषदको बैठकमा प्रन्या नियुक्तिको विषय प्रवेश भएन
काठमाडौँ । भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक अनिर्णित बनेको छ । प्रधानन्यायाधीशको नाममात्रै सिफारिस गर्ने एजेन्डासहित बसेको बैठकमा संवैधानिक आयोगका अन्य पदमा पनि नियुक्ति गर्नुपर्ने माग उठेपछि निर्णय हुन नसकेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको बैठकले कुनै निर्णय गर्न नसकेको परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनले भने,आज कुनै निर्णय भएन । अर्को बैठक साउन १८ गते ५ बजे बस्नेगरी बैठक अन्त्य भयो ।





