कांग्रेसको संगठन सुदृढीकरणका लागि देशभर नेताहरु खटिए (सूचीसहित)

नमुनापत्र संवाददाता
१६ श्रावण २०८०, मंगलवार २०:२२

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो ।

कांग्रेसले पाँच जना केन्द्रीय सदस्य बाहेकलाई पनि जिल्लामा खटाएको छ । प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरूले जिम्मेवारी निर्वाह गर्नेछन् । पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश ९टिओआर० पनि दिएको छ ।

यस्तो छ केन्द्रीय प्रतिनिधिको सूची

https://drive.google.com/file/d/1lRyeWOt7-H6OFdDVUMdMF-kt4vAe9Rcy/view

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*