विदेशमा रहेका नेपालीका लागि सयभन्दा बढी रोजगारीको व्यवस्था गरेका छौँ : रवि लामिछाने

नमुनापत्र संवाददाता
१६ श्रावण २०८०, मंगलवार २०:४४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका तर स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ ।

पार्टी सभापति रवि लामिछाने सामाजिक सञ्जाल फेसबुकमार्फत एक सयभन्दा बढी रोजगारको घोषणा गरेका छन् । उनले विभिन्न स्थानहरुमा विज्ञापन गरेको बताउँदै इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह समेत गरेका छन् ।

‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदै छन्। चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि बिना ढेउवा के’ उनले लेखेका छन् , ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुँदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिनभरि विभिन्न कार्यक्रम मार्फत जानकारी दिँदैछु।’

यसअघि निर्वाचन ताका रविले विदेशमा रहेका नेपालीलाई स्वदेश मै रोजगारीको व्यवस्था गर्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*