केन्द्रीय समिति विस्तार गर्ने माओवादीको निर्णय, बैठक २ घण्टा पर सर्‍याे

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १२:४२

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई अब ४०७ सदस्यीय बनाउने भएको हो ।

यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ । पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सुरु हुँदैछ ।

बिहान ११ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक तयारी अपूग भएकाले २ घण्टा पर सारिएको बताइएको छ ।

यस्तै, बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*