जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक सुरु

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १३:२८

काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषद् बैठक केहीबेरअघि यहाँ सुरु भएको छ ।

डा सिके राउतले नेतृत्व गरेको सो पार्टीको राष्ट्रिय परिषद्को बैठक केहीबेरअघि राजधानीको एक होटलमा सुरु भएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा प्रशिक्षण तथा छलफल हुने एजेन्डा तय गरिएको छ ।

उनका अनुसार यही साउन १८ गते बिहीबार केन्द्रीय समितिको बैठक बस्ने भएको छ भने १९ गते स्थानीय जनप्रतिनिधि पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाध्यक्ष, नगरप्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*