सरकारको कामबाट जनतामा आशा बढेको छ : प्रधानमन्त्री प्रचण्ड

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:२७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा सरकारप्रति आशा बढेको बताएका छन् । उनले मुलुकको जटिल राजनीतिक परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले गरेका काम कारबाही र गतिविधिहरूबाट जनतामा आशा जगाउने काम गरेको बताए ।

‘हामी देशको राजनीतिक परिस्थितिको विशिष्ट सन्दर्भमा छौँ । अहिले देशको राजनीतकि जुन विन्दुमा छ, र जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे जस्ता आशा र अपेक्षाहरू राखेका छन्, त्यसलाई हाम्रो पार्टीको नेतृत्वको सरकारले व्यवहारमा लागू गर्ने प्रयास गरिरहेको छ,’ पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो समय हाम्रो पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि सरकारका कामकारबाहीबाट जनतामा नयाँ आशा पलाएको छ । जनतामा सरकारप्रतिको भरोसा र विश्वास बढेको छ ।’

उनले पार्टीको बैठकले जनतामा सरकारप्रति पलाएको आशा र भरोसालाई केन्द्रमा राखेर पार्टीले आगामी रणनीति र कार्यदिशा तय गर्नुपर्ने बताए । अध्यक्ष दाहालले बोलेर अध्यक्षता ग्रहण गरेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बसिरहेको बैठकमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी, सदस्य र प्रदेशका पदाधिकारीहरुसमेत सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*