नेकपा माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बुधबार दिउँसो सुरु

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:२९

काठमाडौं । नेकपा माओवादी केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बुधबार दिउँसो सुरु भएको छ।

बैठकको सुरुमै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफ्नो छोटो भनाइ राखेका छन्।

उनले केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा माओवादी पार्टी अझै पनि पार्टीजस्तो हुन नसकेको गुनासो गरे।

मा‌ओवादी अझै पनि पार्टी जस्तो हुन नसकेकाले व्यापक सुदृढीकरण जरुरी रहेको पनि बताएका छन्। प्रचण्डले साँचो अर्थमा कम्युनिस्ट पार्टी निर्माण अभियान यो बैठकबाट थाल्ने पनि बताएका छन्।

उनले यस केन्द्रीय समिति बैठकले पार्टीलाई व्यवस्थित गरेर बलियो बनाउने दिशामा केन्द्रित गर्न सक्ने पनि बताएका छन्।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरोधी अभियान चलाएपछि जनतामा आशा र भरोसा पैदा भएको बताएका छन्।

सरकारका कारण पलाएको आशा र भरोसालाई आफूहरुले जनसंगठनमा बदलेर पार्टीलाई बलियो बनाउँदै लैजाने पनि बताए।

बैठकमा देशको राजनीतिमा देखिएको पछिल्लो अवस्था र माओवादी भित्रकै बेथिति सुधारेर एक्सन वेरियन्टेड भएर जाने पनि बताएका छन्।

यो बैठकबाट रचनात्मक छलफल गरी पार्टी निर्माणको थलोका रुपमा उपयोग गर्न पनि उनले केन्द्रीय सदस्यहरुलाई आग्रह गरे।

‘कम्युनिस्ट पार्टी पुनर्निमाण थाल्नुछ,’ प्रज्ञा भवनमा जारी बैठकमा प्रचण्डले भने, ‘जिम्मेवार र अनुशासित ढंगले आफ्ना विचार राखौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*