पार्टी बन्ने वा विघटन हुने दुवै खतरा छ : प्रचण्ड प्रतिवेदन

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनःनिर्माणको सम्भावनासँगै विघटनको खतरा पनि रहेको बताएका छन्।

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले पार्टी पुनर्निमाणको सम्भावना जति छ, पार्टी विघटन हुने खतरा पनि उत्तिकै रहेको चेतावनी दिएका हुन्।

‘पार्टीमा व्यक्तिवादी र गुटबन्दी मौलाएको छ, त्यसकारण पार्टी विघटनको खतरा पनि छ’, उनले भने, ‘समाजवादी मोर्चा बनाएर एकता प्रक्रिया थालिएकाले पार्टी पुनःनिर्माणको सम्भावना पनि छ।’

श्रमजीविभन्दा सभ्रान्त वर्ग खोज्दै हिँड्ने नकारात्मक प्रवृत्ति पार्टीभित्र बढेको प्रचण्डले बताए।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्।

बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे हामीलाई अफसोस हुन्न।’

उनले धेरैथोर प्रदूषित सबै भएको बताए।

‘हामीले सफाइ अभियान चलाउन जरूरी छ, चलाएका पनि छौं,’ उनले भने।

साथै प्रचण्डले संगठन सुदृढीकरणका लागि तीन महिने अभियान सञ्चालन गरिने बताएका छन्। यो अभियान भदौदेखि सुरू गर्ने प्रस्ताव उनको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*